|

सोलुखुम्बु :  नेपाल भ्रमणमा आउँने पर्यटकको पहिलो रोजाई सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्याधिक हुन्छ। 

सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकुल हुँदा दैनिक ३ सय भन्दा बढी सम्म पर्यटक आउँने गर्छन्। उनीहरुको लागि खुम्बु आउँने माध्यमनै हवाई सेवा हो। नेपालका अतिनै व्यवस्त मानिने लुक्ला विमानस्थलमा एक दिनमा ९० भन्दा उडान हुने गरेको नागरिक उड्डायन प्राधिकरणको तथ्याङ छ।

हवाई सेवाको पहुँच भएकै कारण अन्य बिकल्प समेत नसोचेका पर्यटन व्यवसायी र पर्यटकलाई यहाँको मौसमले बला बेलामा सताउने गरेको लुक्लाका जितेन्द्र बस्नेतले बताए। विदेशी पर्यटकको तालिकानै काठमाडौंबाट लुक्ला आउने र लुक्ला बाट सिधै काठमाडौं फर्केर गनतन्वय तर्फ प्रस्थान गर्ने हुन्छ। सोही अनुसार व्यवस्थापन गर्नेको लागि अक्टोबर सिजन निक्कै कष्टकर समेत बन्ने गरेको पर्यटन व्यवसायीको भनाइ छ।  

सयौ पर्यटक अलपत्र 

तीनदिन देखी मौसम प्रतिकुल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन्। खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करिब ३ सय जना भन्दा बढि पर्यटक लुक्लामानै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार देखि मौसम प्रतिकुल हुदाँ पर्यटकहरु अलपत्र परेका हुन्। शुक्रबार २० ओटा उडान तालिका भएपनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ। त्यस्तै शनिबार २५ ओटा उडान तालिका मध्ये ५ वटा मात्रै उडान भएको थियो भने आइतबारका लागि ३० ओटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए। आईतबारका लागि तारा एयरको १५ सिताको १० र समिटकोे ५ गरी ३० ओटा उडान तालिका रहेको थियो। बाक्लो हुस्कुका कारण हेलिकोप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ । 

निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन्। सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन्। खुम्बु क्षेत्र सम्म सडक पहुँच नपुेका कारण पनि यात्रुका लागि हवाईजहाजको बिकल्प कम हुन्छ। एक दिनको पैदल यात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भएपनि बर्खाको समयमा करिब २ दिनको पैदल हिड्नुपर्ने हुन्छ। 

विमानस्थलमा हवाईजहाज नभएपनि हेलिकोप्टर प्रयोग गर्न सकिने भएपनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । 

यात्रुको रोजाई अन्नपुर्ण तर्फ 

मौसम प्रतिकुल भएर लुक्लाको उडान रद्ध हुँदा सयौं यात्रु काठमाडांैमा रोकिएका छन्। विदेशी पर्यटकहरुको हवाई मार्गमा चाप अत्याधिक भए पनि मौसम प्रतिकुल हुदाँ समस्या भएको स्काई नेपाल ट्रेक्स् प्रा.लि काठमाडांैका डाईरेक्टर बल बहादुर दर्नालले बताए।

लुक्लाको उडान रद्ध भएपछि पर्यटक समेत अन्नपुर्ण क्षेत्र जाने गरि गन्तव्य परिवर्तन गर्ने टानका प्रथम उपाअध्यक्ष समेत रहेका चोलेन्द्र कार्कीले बताए। उनले भने, “यो समस्या अहिलेको मात्र होईन बिगत देखीकै हो, यो समस्याको दिगो समाधान नखोजिए सम्म खुम्बुको मात्र नभई नेपालकै पर्यटनमा नकरात्मक असर पर्छ।”

खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाई सेवानै हो। काठमान्डौ देखी एक दिनको यात्रा पछि सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुगिन्छ । सल्लेरी देखी खरिखोला सम्म सडक पहुँच पुगेको भएपनि बर्खाको समयमा हिलाम्मे सडकमा गाडी गुड्दैन। पर्यटन व्यवसायी किताब सिं तामाङले भने, “खुम्बुको चौरीखर्क सम्म व्यवस्थीत सडक निर्माणमा ध्यान दिनुको बिकल्प छैन।” पर्यटन रोयल्टीको बजेट आउँने भएपनि यस्ता पर्यटकिय क्षेत्रमा देखिएको समस्या पहिचान गरि खर्च गर्न नसक्दा समस्या ज्यूँकात्यू रहेको तामाङको भनाइ छ। 

त्यसैले गुणस्तरीय सडक निर्माणलाई स्थानीय देखी संघिय सरकारले समेत ध्यान दिने हो भने खुम्बु क्षेत्र सँगै नेपालकै पर्यटनमा थप टेवा पुग्ने पद प्रदर्शक सरिता राईको भनाइ छ। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ सम्म पुगेको सडकलाई लुक्ला नजिकै रहेको गाउँपालिका केन्द्र सम्म पु¥याउन करिब ३५ किलोमिटर ट्रयाक खन्नुपर्ने गाउँपालिकाले जनाएको छ। सोलुखुम्बुका प्रदेश संसाद बुद्धिकुमार राजभण्डारीले सडक निर्माणको काम धमाधम भएकाले यो बर्ष देखी गाउँपालिका केन्द्र सम्म सडक पुग्ने बताए। गाउँपालिका केन्द्र सम्म सडक पुगेपछि अहिलेको समस्या हल हुने उनको विश्वास छ। 

यस्तै प्रतिनिधि सभा सांसद हेमकुमार राई (शुरबीर) ले सल्लेरी देखी खरिखोला सम्म निर्माण गरिएको सडकलाई कालोपत्रे गर्ने गर्ने बजेट व्यवस्थामा लागेको बताए। पर्यटकिय क्षेत्र भएकाले यस क्षेत्रको सडकलाई व्यवस्थीत बनाउँन आफुहरु लागि परेको संसाद राईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.