|

काठमाडौं :  राष्ट्रिय वाणिज्य बैंकले डोल्पा जिल्लाको डोल्पोबुद्ध गाँउपालिका वडा १ मा शाखा कार्यालयसञ्चालनमा ल्याएको छ । उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सांसद जर्नादन शर्मालगायतको उपस्थितिमा बैंकको २३८ औं शाखा डोल्पोबुद्धमा विस्तार गरिएको हो। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले वित्तीय पहुँच वृद्धिमा थप काम गर्नको लागि आग्रह गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला लगायतको उपस्थिती रहेको थियो।

त्यस्तै डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार सुरु गरेको छ। बैंकले गत आर्थिक वर्ष  २०७५/०७६ मा पाँच अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ।

यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा एक खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैकिङ कारोबार पनि गरेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.