|

काठमाडाैं : नेपाल क्रिकेट संघ क्यानको निर्वाचन असोज दोस्रा साता हुने तय भएको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषदसँगकै समन्वयमा गठिन आइसिसी स्वतन्त्त कमिटीले ३ र ४ असोजमा क्यानको निर्वाचन गर्ने जनाएको थियो। तर सदस्यसचिव रमेश सिलवालले आफूलाई नसोधि गर्न लागिएको निर्वाचन कुनै पनि हालतमा गर्न नदिने अडान राखेपछि अन्योल्ता थपिएको थियो। 

पछिल्लो समय सिलवाल आफै भिलने बनेको भन्दै उनको तिब्र आलोचना भएपछि उनी जतिसक्दो चाँडो क्रिकेट विवादलाई निकास दिन चाहान्थे। सिलवालले आइसिसीलाई आफ्नो अनुमतिविना निर्वाचन गर्न नदिने जानकारी दिएपछि आइसिसीका प्रतिनिधिहरू इमरान ख्वाजा र अमर शेख सहितको टोली काठमाडौं आएको थियो।

उनीहरूले सोमबार राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसँग छलफल गरेका थिए। सो क्रममा आइसिसीले स्पष्ट रुपमा पुन आफ्नो अडान सिलवाल समक्ष दोहोर्‍याएको थियो।

सिलवालले सो छलफलमा आफू समाधानको बाधक नबन्ने तर मिति केहीपछि सार्न आग्रह गरेको स्रोतले बताएको छ। त्यसपछि कानुनी सल्लाहकार श्रेष्ठसँग छलफलपछि १० र ११ गते निर्वाचन गर्ने नयाँ मिति तय गरेको हो।

अब निर्वाचनका लागि स्वतन्त्र कमिटीलाई नै भूमिका दिइने छ। जसमा राष्ट्रिय खेलकुद परिषदले पनि चुनावमा केही प्रतिनिधि राख्न सक्ने छ। तर कति प्रतिनिधि हुने भन्ने निर्णय भने स्वतन्त्र कमिटीले गर्ने स्रोतले जनाएको छ।

आइसिसीको अगामी बोर्ड बैठक २६ असोजमा बस्दै छ। बैठकको एजेण्डा असोज १५ गतेनै तय हुने भएकाले नेपाललाई १५ असोज अगाडि नै प्रतिबन्ध फुकुवा गरेर केन्द्रीय निर्वाचन गर्नुपर्ने बाध्यता रहेको छ।

उक्त कुरा सिलवाललाई आइसीसी स्पष्ट जानकारी गराएपछि उनले निर्वाचनको तयारीका लागि केही दिन लाग्ने भएकाले तोकिएको ३ र ४ को मितिमा सम्पन्न नहुने भएकाले पाँच दिनपछि सारिएको हो।

निर्वाचन पछि स्वतन्त्र कमिटीले प्रतिवेदन आइसिसीसमक्ष प्रस्तुत गर्ने छ। त्यसपछि नेपाली क्रिकेटको निलम्बन फुकुवा औपचारिक रुपमा फुकुवा हुने छ।

स्वतन्त्र कमिटीले सबै जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरिसकेको छ। त्यसैले अब केन्द्रीय निर्वाचनपछि नेपाली क्रिकेटको विगत तीन वर्षयताको बिबादको समाधान पाउने विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.