|

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ। जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालले सोमबार राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो। नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो। भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो। कुवेतले पहिलो खेलमा श्रीलंकालाई २–० गोलले हराएको थियो।

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ। उक्त  समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलंका छन्।

प्रतियोगितामा तीन अंकसहित जोर्डन शीर्ष स्थानमा छ। समान तीन अंकसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। अंकबिहीन ताजकिस्तान, श्रीलंका र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।

प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ। विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.