‘अनअथराइज प्रणालीले ओके भन्दा एटिएमबाट पैसा चोरी’

|

काठमाडौं: नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी गर्दा रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली सञ्चालनमा ल्याएको छ। यसलाई नेपाल राष्ट्र बैंकले भुक्तानीमा नयाँ युगको सुरुवातको रुपमा लिएको जनाएको छ।  चेक वा अन्य माध्यम प्रयोग नगरी ठूलो रकम भुक्तानी गर्न सकिने यस्तो प्रणाली आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।

यो प्रणालीअन्तर्गत अब बैंकले एकैपटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्ने छन्। तर, यस्तो सुविधा २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र उपलब्ध छ। आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

भुक्तानी फरफारक गर्दा हुने सम्भावित जोखिम निवारण गरेर जनविश्वास प्राप्त गर्न यो प्रणालीले सहयोग पुग्ने पनि बताइएको छ। अहिलेको भुक्तानी प्रणाली र नयाँ प्रणाली अवलम्बन गरेसँगै कस्तो फाइदा पुग्छ त? थाहाकर्मी भागवत भट्टराईले नेपाल राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख तथा कार्यकारी निर्देशक बमबहादुर मिस्रसँग गरेको कुराकानी :

के हो आरटिजिएस प्रणाली ? यसबाट हुनसक्ने लाभ के हो ?

रियल टाइम ग्रस सेटलमेन्ट सिस्टमलाई आरटिजिएस भनिएको हो। यो भुक्तानी प्रणालीमा एक व्यक्तिले अर्को व्यक्तिलाई भुक्तानी गर्नु पर्दा चेकको माध्यामद्वारा वा अन्य कुनै पनि माध्ययमद्वारा भुक्तानी गर्ने गरिन्छ। बस्तु तथा सेवा खरिद बिक्री भएपछि त्यसको भुक्तानी गर्नुपर्ने हुन्छ। सोका निम्ति विभिन्न माध्यमद्वारा गरिने भुक्तानीहरूमध्ये इन्ड अफ द डे सेटलमेन्ट सिस्टम इओडी सेटलमेन्ट सिस्टम थियो।

आज बिहान १० बजे भुक्तानी गर्नका लागि चेक दियो भने त्यो चेक भुक्तानी अहिलेको अहिले त्यो पाउने मान्छेको खाता जान सक्ने अवस्था थिएन। त्यसका लागि इन्ड अफ डे बेलुका राति भएपछि कम्प्युटरले रिड गर्छ त्यसपछि मात्रै भुक्तानी गर्न सक्ने अवस्था थियो। सामान्यतया एकदेखि डेढ दिन लाग्ने गरेको थियो।  

आरटिजिएस तत्कालनै भुक्तानी हुने प्रणाली हो। ए भन्ने बैंकका भुक्तानी गर्ने व्यक्तिको खाता छ। बी भन्ने बैंकमा भुक्तानी पाउने व्यक्तिको खाता छ ‘ए’ले ‘बी’लाई भुक्तानी गर्दा ‘ए’ भन्ने बैंकमा जाने र आरटिजिएस मार्फत  बैंकलाई  भुक्तानी गर्ने आदेश दिन सक्छ। १०० रुपैयाँ बराबरको ‘बी’ को बैंक खातामा रियल टाइमा मै पुग्छ राखेकै समयमा पुग्छ भने त्यो प्रणालीनै आरटिजिएस प्रणाली हो। यो सरल र सजिलो पनि हन्छ।

भुक्तानी पठाउने व्यक्ति बैंकमा अनिवार्य उपस्थित हुनु पर्ने हो?

उपस्थितिभन्दा पनि सामान्यतः निवेदन दिनुपर्ने भनौँ निवेदन दिने वा भुक्तानी पठाउने व्यक्ति विश्‍वासनियता हरेर व्यक्तिले अर्को व्यक्तिलाई निवेदन पठायो भने पनि त्यो गर्न सकिने सकिने अवस्था हुन्छ।

सामान्यतः अहिलेलाई काउन्टरमा उपस्थित भएरै उसले निवेदन दिएपछि उसको खाता डेबिट गर्नुपर्ने व्यवस्था हो। त्यसो त हामीले अनलाइनाट निवेदन दिन सकिने व्यवस्था गर्न सकिन्थ्यो। अहिलेको सुरक्षा चुनौतीलाई मध्यनजर गरेरर यस्तो व्यवस्था तत्कालका लागि गरिएको छैन। त्यसका लागि सुरक्षाको चुनौती हुने भएकाले तत्कालका लागि काउन्टरमा उपस्थित हुनु पर्ने व्यक्ति उपस्थित भएर अथवा निवेदन दिएर मात्रै गर्नु पर्ने हुन्छ।

यसबाट हुन सक्ने फाइदा के-के हुन्?

यसको मुख्य फाइदा तीन वटा रहेका छन्। पहिलो एक व्यक्तिले अर्कोलाई सय रुपैयाँ भुक्तानी दिनु पर्दा ए भन्ने बैंकबाट बी भन्ने बैंकमा तत्कालै (सेकेण्ड)मै भुक्तानी गर्न पाइन्छ। अहिलेसम्म भुक्तानी लिनुपर्ने व्यक्ति धनगढी छ। दिनुपर्ने व्यक्ति काठमाडौंमा छ भने भुक्तानी दिनु पर्दा  चेक काटेर बैंकमा लगेर जम्मा गरेर क्लियरिङमा पठाएर लामो प्रकिया पूरा गरेर भुक्तानी लिन सक्ने वा दिन सक्ने व्यवस्था थियो। जसमा एकदेखि डेढ दिन अनिवार्य लाग्थ्यो। अहिले हाल्नेबित्तिकै जाने भयो। मुख्य फाइदा भनेको यही नै हो।

दोस्रो कुरा चेक प्रिन्टिङ कस्ट घट्छ। चेक दिनु परेन। चेक बोक्नु पनि परेन। चेकलाई पनि दाम पर्छ। एक चेकलाई ७०/८० पैसा दाम परेकै हुन्छ। कभर लगायतका विषयमा सुरक्षा पेपर राखिएको हुन्छ।  एउटा चेक खेर जाँदा एक रुपैयाँ जान्छ। धेरै संख्यामा अकाउन्ट खोलिएको छ। हरेक व्यक्तिको अकाउन्टको नाममा चेक प्रदान गरिन्छ। त्यो प्रदान गर्न नपर्ने भएकाले ठूलो रकम रोकियो। अहिलेलाई भने २० लाख माथिलाई अनिवार्य र २ लाख रुपैयाँमाथिको पनि गरिन सक्ने व्यवस्था गरिएको हो। 

तेस्रो कुरा पैसा तुरुन्तै सप्लाइ हुँदा  पैसाको भ्यालुमा पनि असर गर्दछ।  भुक्तानीका लागि पर्खन नपर्ने हुँदा सप्लाइमा समेत यसको सकारात्मक प्रभाव देखिने छ।

अहिलेलाई दुई लाखमाथिकोलाई पनि आरटिजिएस सुविधा दिँदा सरकारको क्यासलेस नीतिलाई कति सहयोग पुग्ने देख्नु हुन्छ?

क्यासलेस होइन लेस क्यास गर्ने हो। अहिले क्यास लेस नै गर्न सकिने स्थिति छैन। अहिलेको अवस्थालाई हेर्ने हो भने भुक्तानी दिँदा भौतिक मुद्रा देखियो भने मान्छे खुसी हुन्छ। तलब पनि खातामा दिँदा अन्योलमा पर्ने र नगद हुँदा खुसी हुने देखिन्छ। त्यसले आरटिजिए सिस्टम लेस क्यास गर्ने आधार बिन्दु हो। 

एउटा फरक प्रसंग‚ चिनियाँ ह्याकरहरूले एटिएमबाट पैसा चोरी गरेको विषयमा तपाई संयोजक रहेर अध्ययन पनि गर्नुभयो। के निकाल्नु भयो तत्कालीन समाधान?

गत १४ भदौमा केही अनाधिकृत व्यक्तिले विभिन्न बैंकका एटिएमबाट नगद झिकेर लगेको स्थिति हो। यो प्रमाणित भएको छ। हामीले गरेको अध्ययन व्यवस्थापकीय अध्ययन हो। प्राविधिक अध्ययन पनि गराएको छ।  त्यसमा नेप्सको सिस्टममा कतै बसेर अथराइज गर्‍यो एटिएम प्रणालीमा कार्ड छिराएपछि त्यो एटिएमले 'ओके' भनेर पैसा दिनुपर्ने हुन्थ्यो। तर जहाँ जसले चाल पाएर ओके भन्नु पर्ने‚ त्यसले नभनेर अनअथराइस सफ्टवेरले ओके भन्दियो। जसको बैंकमा खाता हुने हो त्यसले पनि चाल पाएन। नेप्सको स्वीस सिस्टमले पनि चाल पाएन। जुन प्रणालीमा चाल पाएर टच गर्नु पर्ने त्यो नभइकन अनअथराइज रुपमा ओके गराए पैसा निकालियो। यसको समधान हामी केन्द्रति केही रकम घटाएका छौँ। 

यसपछि तपाईहरुले एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न पाउने व्यवस्था गर्नुभयो। यसको प्रभाव के रकमसँगै जोडिएको हो?

हामीले जोखिम कम गर्न खोजेका हौं। तत्कालका लागि अथवा सिस्टम ह्याकिङको जडमा नुपुग्नजेलसम्म थोरै घटाएर जोखिम कम गर्ने प्रयास हो। जनताको पैसाको सुरक्षामा हामी कटिवद्ध छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.