|
फाइल फाेटाे

काठमाडौं :  बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्जत गर्दा  विमान ढल्किएको जानकारी गराएको छ। 

सोमबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा बुद्ध एयरले भनेको छ ‘६ः५० बजे मन्त्री एयरपोर्ट आइपुगेपछि उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप विमानमा चढ्नुभयो। उहाँसँगै अन्य यात्रु पनि भित्र पसे। तर, ४-५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढी वजन भएर विमान ढल्किएको थियो’, विमान कम्पनीले मन्त्रीलाई पर्खिन केही समय उडान रोकिएको स्वीकार गरेको छ।

तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ। प्रष्टिकरणमा उल्लेख गरिएअनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो।

यसमध्ये ६-८ मिनेट हुलहुज्जतले गर्दा र बाँकी मन्त्रीले गर्दा ढिलाई भएको पत्रमा उल्लेख छ। ‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो,’ पत्रमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.