|

काठमाडौं : दुई पक्षीय व्यापार विस्तारका गर्ने बिषयमा नेपाल चेम्बर अफ कमर्शले  रुसी राजदुत ए. नोभिकोभसँग छलफल चलाएको छ। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रुसका राजदुत एलेक्सीसँग भेट गरी छलफल गरेका हुन्। 

भेटका अवसरमा दुई पक्षिय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल गरिएको चेम्बरले जनाएको छ। दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० बारे समेत छलफल भएको अध्यक्ष श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.