|

कञ्चनपुर : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध अदालतको मानहानी गरेको आरोप लगाउँदै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दिलिप सिंह बिष्टका दाजु खडक बिष्टले सोमवार पुनरावेदन गरेका छन।

जिल्ला अदालत कञ्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि बिष्टले अदालतको अबहेलना अभियोगमा सजाय गर्न माग गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन्।

अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोडन खोजेर अदालतको अपहेलना गरेकाले हदै सम्मको कारवाहीको मागसहित पुनरावेदन गरिएको छ।

भदौ १६ गते जिल्ला अदालत कञ्चनपुरमा बिष्टले दिएको अदालतको अपहेलनासम्बन्धी निवेदन माथि सुनवाई गर्दै अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले खारेज गर्ने आदेश दिएको थियो।

अदालतमा विचाराधीन मुद्दाका बारेमा सार्वजनिक कार्यक्रममा बोलेर अदालतको अपहेलना गरेकाले उच्च अदालतमा पुनरावेदन गरिएको बिष्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.