|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ मा करेन्ट लागेर आज साँझ विद्युत कर्मचारीकै मृत्यु भएको छ। बटेश्वर गाउँपालिका ४ का ४० वर्षीय विष्णु महतोको मृत्यु भएको हो।

बिग्रेको विद्युतीय ट्रान्सफर्मर मर्मत गर्ने क्रममा महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार मृतक महतो विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको सवारी चालकको रुपमा कार्यरत थिए। 

मृतक महतोको शव पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पताल ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.