|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताए।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताए। उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिए। उनले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरूको ध्यान जानुपर्ने चर्चा गरे।

नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गरे। राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्ने सुझाव उनकाे छ।

भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको उल्लेख गर्दै नेपालको भौगोलिक तथा जनसंख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.