|

हुम्ला :  प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना विद्यार्थी नेतालाई प्रहरीले हुम्लाको सदरमुकाम सिमकोटबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक नेता उपेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरीक्षक रामकृष्ण घर्तिमगरले जानकारी दिए। पक्राउ पर्ने रावत हुम्ला जिल्ला ताँजकोट गाउँपालिका ५ निवासी  भएको बताएका छन। 

रावतलाई सरकारी कार्यालयहरू गाउँपालिकाहरूमा  चन्द सहयोगको लागि  लेटरप्याट दिँदै गर्दा  प्रहरीले सिमकोट बजारबाटै  नियन्त्रणमा लिएको जनाएको छ।  गाउँपालिका र सरकारी कार्यालयमा लेटरप्याट दिँदै गरेको गरिरहेको अवस्थामा  पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ।

रावतलाई  थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अखिल क्रान्तिकारीले  भने पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खाजेको भन्दै विरोध  जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.