खेलकुद

महेन्द्रसिंह धोनीले छाडे भारतको कप्तानी, नयाँ कप्तान चाँडै खोज्‍न सुझाव
SHARES

पुस २१, २०७३

    ९ वर्षदेखि भारतीय क्रिकेट टिमको कप्तान रहँदै आएका महेन्द्रसिंह धोनीले एकदिवसीय तथा टी–२० टिमको कप्तानी समेत छाडेका छन्। यसअघि नै टेस्ट क्रिकेटको कप्तानी छाडिसकेका धोनी टिममा भने रहिरहनेछन्।

    बुधबार भारतीय क्रिकेट बोर्डले धोनी अब कप्तान नरहने घोषणा गरेको छ। धोनी अहिले नागपुरमा रणजी ट्रफी खेल्न व्यस्त छन्। उनले यस प्रतियोगितामा झारखण्ड टिमबाट खेल्छन्।

    धोनीले कप्तानी छाडेको घोषणा गरेपछि रणजी ट्रफी खेलिरहेका खेलाडीहरु उनलाई भेट्न पुगेका थिए। त्यसक्रममा कप्तानी छाड्नुको रहस्य खोल्दै धोनीले भनेका छन्, ‘आउँदो टी–२० र एकदिवसीय विश्वकपमा एउटै व्यक्तिले भारतको कप्तानी गरुन् भन्ने मेरो चाहना छ। त्यसैले कप्तानी छाडेको छु।’

    धोनीले टेस्ट, एकदिवसीय र टी२० खेलमा एकै व्यक्तिले भारतको कप्तानी गर्नुपर्ने बताएका छन्। यसअघि उनले लामो समय तीनवटै फर्म्याटमा भारतको कप्तानी गरेका थिए। तर धोनीले टेस्ट क्रिकेटमा कप्तानी छाडेपछि पछिल्लो समय विराट कोहलीले टेस्ट तथा धोनीले एकदिवसीय र टी २० खेलमा कप्तानी गर्दै आएका छन्।

    होटलमा गेट टुगेदर पार्टी

    – बुधबार गुजरातसँग रणजी ट्रफीको सेमिफाइनलमा झारखण्ड पराजित भयो। त्यसपछि धोनीले आफ्नो कोठामा गेट टुगेदर पार्टी आयोजना गरे।

    – राती साढें ८ बजे सबै खेलाडी उनको कोठामा पुगेका थिए।  यसैक्रममा झारखण्डका कप्तान सौरभ तिवारीले सोधे,‘भैया कप्तानी किन छाड्नु भयो?,’ जवाफमा धोनीले भने, ‘मैले दक्षिण अफ्रिकाको टुरमै भनेको थिएँ। तीनै फर्म्याटमा एउटै कप्तान चाहिन्छ।’

    –‘आगामी टी २० र एकदिवसीय विश्वकपमा एउटै कप्तान हुनुपर्छ। त्यसैले अहिल्यै कप्तानी छाडेको छु ताकि बोर्डले चाडैं नयाँ कप्तान बनाउन सकोस्। यदी म बसिरहे भने यो कुरा यही अड्किनेछ।’

    – सौरभपछि अर्का खेलाडीले यति चाडैं हट्नुपर्ने आवश्यकता थियो र भनेर प्रश्न राखेका थिए। जवाफमा धोनीले भने, ‘जिन्दगीमा धेरै मोडहरु आउँछन्। तर सबै फैसला ठन्डा दिमागले गर्नुपर्छ। जे फैसला गरेँ त्यो सही छ। अब तिमीहरु अगाडी आयो।’

     

    एकदिन त कप्तानी छाड्नै थियो

    – झारखण्डका टिम म्यानेजर पीएन सिंहले धोनी लामो समयसम्म भारतको कप्तान रहेको बताए। उनले भने, ‘आखिर कुनै न कुनै दिन कप्तानी छाड्नैपर्ने थियो।’

    – उनले तीनै फर्म्याटमा एकै कप्तानले टिमलाई अघि लिएर बढ्नुपर्ने बताए।

    – झारखण्डका प्रशिक्षक तथा कुनै समय धोनीसँगै रणजी ट्रफी खेलेका पूर्व खेलाडी राजीव कुमार राजाले साँझसम्म टोलीका कुनै पनि खेलाडीलाई धोनीले कप्तानी छाड्छन् भन्ने विषयमा पत्तो नभएको बताए।

    –टिभीमा खबर आएपछि मैले उनलाई गएर सोधे। उनले जवाफमा भने,‘राजा मैले कप्तानी छाडेको छु। तर क्रिकेट खेलिरहन्छु।’ – राजाले भनेका छन्।

    – यस निर्णयपछि धोनी खुसी देखिएका थिए। उनले पार्टीमा निकै मस्ती गरेको राजाले बताए। उनले टिमका खेलाडीहरुसँगै गीत गाएका थिए। सेल्फी पनि लिए।

    यसकारण छोडे कप्तानी

    – सन् २०१९ मा हुने एकदिवसीय विश्वकपभन्दा पहिला नै उनले कप्तानी छाडेका छन्। उनी चाहन्छन्, नयाँ आउने कप्तानलाई विश्वकपअघि पर्याप्त समय मिलोस्।

    – आफ्नो खराब प्रदर्शनका कारण उनी दबाबमा थिए। इङल्याण्ड विरुद्ध खराब खेलेको खण्डमा उनीमाथि उसै राजीनामाको दबाब पर्ने थियो।

    –रविचन्द्रन अश्विन र रविन्द्र जडेजा पनि सबै फर्र्याटमा धोनीलाई कप्तान बनाउनुपर्ने पक्षमा थिए। त्यसैले धोनीले आफै कप्तानी छाड्नु राम्रो हुने देखे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]