प्रतिपक्षको कविता ‘कता छ सरकारको सातो, कसरी छुट्यो बजेटको पातो’

|

सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजिनामाको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विनियोजन विधेयकको एउटा अंश नै काटेर फालेको भन्दै प्रमुख प्रतिपक्ष दलका कांग्रेसका नेता जीवन शाहीले मन्त्रीको राजिनामा मागेका हुन्। शाहीले संसदले एउटा पास गर्ने तर विधेयक बनेर अर्को आएको भन्दै चर्को आलोचना गरे।

 सिंगो प्रदेश सभालाई छल्ने काम गरेको र गुम्राहामा राखेको, झुटो बोलेको भन्दै मन्त्रीको राजिनामाको माग गरेको प्रतिपक्ष दलका शाहीले बताए। ‘यस्तो सभालाई छल्ने, गुम्राहमा राख्ने र झुटो बाल्ने मन्त्री पदमा रहुन्जेल कसरी संसद चल्न दिने?’ शाहीले भने‘ राजिनामा नआउन्जेल संसद चल्न सक्दैन।’

सभाको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता शाहीले प्रदेश सरकारले संसदले सर्वसम्मत पारित गरेको बजेटलाई गोलमटोल पारेको आरोप लगाए। उनले प्रदेश सभाको मानमर्दन गरेको र समग्र संसदलाई नै गुम्राहामा राखेको भन्दै विनियोजन विधेयकको एउटा भाग नै फालिएको बताए।  

‘हे सरकार, भित्ता हेर्दा रातो, कोठा छ अत्यन्तै तातो, कता छ सरकारको सातो, कसरी छुट्यो बजेटको पातो’ भन्दै शाहीले मन्त्रालयमा संसदमा उठेको कुरा थाहा हुने नगरेको भन्दै सरकार गैरजिम्मेवार भएको आरोप लगाए। 

सरकारलाई संसदले गरेको निर्णयविरुद्ध जाने कुनै प्रचलन नभएको भन्दै सरकारले संसदका कुरा नमानेको आरोप लगाए। सरकारको अभिन्न अंगले उठाएका कुरामा सरकार बेखबर रहेको भन्दै शाहीले आपत्ति पनि जनाए।

अवरुद्ध बैठक आगामी बैठक असोज १ गते दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.