बैतडी : घाँस काट्ने क्रममा भिरवाट लडेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका ८ पुतलीपुरकी १४ बर्षीया नारुली बोहरा रहेकी छन्।
किशोरीको सोमबार स्थानीय छोटेधार थाँचर भिरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिका ८ का वडाअध्यक्ष कर्णबहादुर ऐरले जानकारी दिए। मृतक बालिका शिबलिङ अधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।
बैतडीमा बर्षेनी भिरमा घाँस काट्ने क्रममा लडेर धेरैले ज्यान गुमाउने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।