डडेल्धुरा : डडेल्धुरामा हुड्केली नाच अर्थात हुड्के नाच प्रस्तुत गरिएको छ। सोमबार डडेल्धुरामा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटनमा हुड्केली नाच प्रस्तुत गरिएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा भगवती इग्ङ्लिस बोर्डिङ स्कुल डडेल्धुराका विद्यार्थीले उक्त नाथ प्रस्तुत गरेका हुन्। टाउकोमा पगडी, सेतो झकुलोसहितको परम्परागत पहिरनमा मञ्चमा उत्रेका विद्यार्थीको कलात्मक प्रस्तुतिलाई कार्यक्रमका सहभागीले सह्राना गरे। गडगडाहट ताली पिटे।
हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकप्रिय नाच मध्ये पर्छ। हुड्केली नाच हुड्काको तालसँग नाचिन्छ।
पश्चिम नेपालको चर्चित देउडा भाकामा गाइने हुड्केली गीतमा पौराणिक कथा, राजा महाराजाहरू गाथाको वर्णन र पुराना लडाइका कथा समावेश गरिन्छ। शुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।