|

योगेन्द्र योगी

दोहा : भारतीय कामदारको हत्या आरोप लागेर कतारको जेलमा रहेका चितवनका विनोद रानाभाट नेपाल फर्किएका छन। वैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करिब तीन वर्षअघि कतार आएका रानाभाट कतारस्थित ओक्रा जेलमा थिए।

रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु भएको थियो। घटना लगत्तै उनलाई कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्दा चलाएको थियो।

मुद्दाको फैसलाअनुसार रानाभाटले भारतीय कामदारको परिवारलाई ब्लड मनी स्वरुप दुई लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने थियो।

तर उनको आर्थिक अवस्था कमजोर रहेकोले विनोद रानाभाट रिहाइ तथा उद्दार समिति गठन गरी सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाएर उनको उद्दार गरिएको हो।

अर्जुनलाई जेलमुक्त गर्ने अभियानको प्रमुख अर्जुन भुसाल थिए। उनले सहयोगी नेपालीहरूको सहयोगले अर्जुन घर फर्किएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.