|

काठमाडौं : नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ। हरेक १० वर्षमा गरिँदै आएको जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने तय भएको छ।

जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय गरी केन्द्रीय तथ्याङ्क विभागले तयारी थालेको छ। केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा सही तथ्याङ्क ल्याउन हरेक व्यक्तिको जागरुकता अभिवृद्धि होस् भनी यो नारा तय गरिएको हो। आर्थिक वर्ष २०७७÷७८ जनगणनाको मुख्य वर्ष हो। यो वर्ष प्रदेश, जिल्ला र स्थानीयस्तरमा जनगणना कार्यालय स्थापना गरिनेछ। प्रदेश र ७७ जिल्ला जनगणना कार्यालय, ३५० स्थानीय जनगणना कार्यालय र ७५३ स्थानीय जनगणना समन्वय कार्यालय स्थापना गरिने विभागले जनाएको समाचार गोरखापत्र दैनिकमा छ।

काम २०७८ वैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म २० दिन हुनेछ। यही बेला सुपरिवेक्षकले नागरिकलाई जनगणनाबारे घरघरमै सन्देश लैजानेछन्। आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिनमा मुख्य प्रश्नावलीको काम सक्ने विभागका निर्देशक
लामिछानेले बताए।

आगामी जनगणनामा करारमा जम्मा ५४ हजार जनशक्ति जनगणना कार्यक्रममा संलग्न हुनेछन्। जसमा ४३ हजार गणक र नौ हजार जना सुपरिवेक्षक हुनेछन् भने बाँकी प्रशासनिक कार्यका लागि खटिनेछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.