|

काभ्रे : खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर ७ वटा हेहिकोप्टर काभ्रेका विभिन्न ठाउँमा आकस्मिक अवतरण गराइएका छन्। 

काभ्रेको पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकप्टर आकस्मिक अवतरण  गरिएको  काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ। काभ्रेको पाँचखालमा मनाङ्ग एयर २ वटा हेलिकोप्टर सिम्रिक एयर र कैलाश एयरको एक हेलिकोप्टर अवतरण गरिएको काभ्रे प्रहरीले जनाएको छ। हेलिकोप्टर कहाँबाट  आएको र कति यात्रु रहेको बारे अहिले थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

त्यस्तै काभ्रेकै नेपाल थोकमा तीन वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। यसबारेमा थप विवरण आउँन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.