|

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको वाक युद्ब कम गर्ने प्रतिबद्बता जनाएका छन्। मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा जम्मू-कश्मीरको विषयमा भारत र पाकिस्तानको बीचमा तनाव कम भएको ट्रम्पले बताएबम छन्। 'दुवै देशको प्रधानमन्त्रीसँग भेटेर छलफल गर्नेछु,' उनले भने।

ट्रम्पले मंगलबार नै भारतीय प्रधानमन्त्रीलाई भेटने भएका छन्। दुवै देशका प्रमुख ह्युस्टनमा हाउडी मोदी कार्यक्रममा सामेल हुन्छन्। ट्रम्पले यसपटक भारतीय समुदाय माझ सम्बोधन गर्ने भएका छन्।

ट्रम्पको पाकिस्तानी प्रधानमन्त्रीसँग भेटने समय तय भइसकेको छैन। न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सहभागी भएका इमरान खानसँग छलफल हुन पनि सक्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.