|

पोखरा : कास्कीको माछापुच्‍छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्षसहित केही व्‍यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा वडा अध्यक्ष वीरेन्द्र गुरुङ, स्थानीय युवाहरु विपुल शर्मा, गणेश आचार्य रहेका छन्। 

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अनुसन्धानको प्रक्रिया अघि बढेको थाहाखबरलाई जानकारी दिए। वडा अध्यक्ष गुरुङ कांग्रेसबाट उम्‍मेद्वार भएर वडा नं. १ बाट निर्वाचित भएका हुन्। 

गत हप्ताको बुधबार (२५ भदौ) मा उनीहरू सहितको केही टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।  उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिइन्।

‘बैठक बसिरहेका थियौँ,’ गाउँपालिका उपप्रमुख कृष्णकुमारीले भनिन्,‘खुसीमान गुरुङको नेतृत्वमा उहाँहरु आउनु भएको रहेछ। मलाई भेट्ने काम थियो भनेर मलाई भित्र चिट गएको थियो। आधा घण्टा लाग्छ बैठक सकिने भनेर मैलेर सूचना पठाएँ। तर, बाहिर निस्कँदा त उहाँहरुले भेट्न समय नदिएको भन्दै बैठक हलको टेबल कुर्ची सबै ध्वस्त बनाईसक्नु भएको रहेछ।’

कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताउँछन्। गाउँपालिका उपप्रमुख अहिले गाउँपालिकाको कार्यबाहक प्रमुख समेत हुन्। गाउँपालिका प्रमुख बैदेशिक भ्रमणमा छन्।

कांग्रेसको स्रोत भन्छ, ‘गाउँपालिकाले के के निर्णय गर्छ थाहा हुँदैन। निर्णय चाहियो भन्दा धेरैपटक आलटाल गरेपछि युवाहरु आक्रोशित भएका हुन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.