|

मोरङ : विराटनगरमा आगामी माघ ८ गतेदेखि छैठौ संस्करणको मिस पूर्वेली सुपर मोडल २०१७ को अडिसन सुरु हुने भएको छ। ए–वान इन्टरटेनटमेन्टको आयोजनामा विराटनगरमा विगत पाँच वर्षदेखि निरन्तर मिस पूर्वेली सुपर मोडलको अडिसन हुँदै आएको छ।

इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी धमाधम भैरहेको जानकारी गरायो। यस प्रतियोगितामा १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित किशोरीले भाग लिन पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको विजेताले स्कुटर र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने चेयरपर्सन लुईटेलको भनाइ छ। किशोरीमा भएको प्रतिभा प्रस्फुटन गर्नेको साथै उनीहरुको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको उनले बताए।
मिस पूर्वेली सुपर मोडल हुनेले मिस नेपालमा स्वतः सहभागी हुन पाउनेछन्।

अन्तिम प्रतिस्पर्धा फागुन १४ गते
प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा हुनेछ। त्यसपछि पूर्वाञ्चलका धरान, इटहरी, दमक र बिर्तामोडमा अडिसन हुनेछ।  अडिसनबाट छानिएकाहरुले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। 
फाइनलमा छनौट भएका प्रतिस्पर्धीलाई विराटनगरमा बन्द प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्वदेखि लिडरसिप कसरी गर्नेसम्मको जानकारी गराउने कोरियोग्राफर सपना राजवंशीले जानकारी दिइन्। आगामी फागुन १४ गते विराटनगरमा यो प्रतियोगिताको फाइनल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.