|

काठमाडौं : मुस्ताङ्गी भाषाको पहिलो नेपाली चलचित्र ‘आमा खाण्डो’ को वर्ल्ड प्रिमियर २४ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमार्फत हुने भएको छ। दक्षिण कोरियाको बुसानस्थित बुसान सिनेमा सेन्टरमा अक्टुबर ९, १० र ११ मा फिल्मको प्रदर्शनी तथा मेकर्ससँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।

अक्टुबर ३ देखि १२ आयोजना हुने यस प्रतिष्ठित फेस्टिवलमा ८५ देशका ३ सय ३ वटा फिल्म प्रदर्शन हुँदैछन्। जसमध्ये १ सय २० वटा फिल्मको वर्ल्ड प्रिमियर हुनेछ भने ३० वटा फिल्मको अन्तर्राष्ट्रिय प्रिमियर हुनेछ। त्यस्तै, फेस्टिवलमा ‘एशियन सर्ट फिल्म कम्पिटिसन’ अन्तर्गत प्रवीणकुमार रावतले निर्देशन गरेको कलम छानिएको छ। विश्वकै प्रतिष्ठित फिल्म फेस्टिवलमध्येको एक बुसानमा विश्वभरका आइकोनिक फिल्ममेकर्सहरूले तयार गरेका फिल्म प्रदर्शन हुने गर्छन्।

मिडिया पोर्ट प्रडक्सन र लुङ्गा आर्ट प्रडक्सनको ब्यानरमा निर्माण गरिएको आमा खण्डोको लेखन तथा निर्देशन डुन्डुप छिरिङले गरेका हुन्, उनी फिचर फिल्म निर्देशन गर्ने पहिलो मुस्ताङ्गी हुन्। त्यस्तै, प्रविण टक्की कार्की फिल्मका निर्माता हुन्।

मुस्ताङबाट जाडो छल्न शहरतर्फ हिंडेकी एक आमाको संघर्ष कथा फिल्मको मुख्य विषयवस्तु हो। उनी आफ्ना छोरालाई शहर राम्रो हेरचाह गर्ने व्यक्तिको जिम्मा लगाउन चाहन्छिन्। आमा खाण्डोको नेपाली अर्थ परी आमा हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.