|

चितवन : खराब मौसमका कारण भरतपुर विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको छ। बिहानैबाट पानी परिरहेका कारण मंगलबार एउटा पनि उडान तथा अवतरण हुननसकेको विमानस्थलका सूचना अधिकारी दीपक विकले जानकारी दिए।

उनका अनुसार भरतपुर विमानस्थलबाट सामान्य अवस्थामा दैनिक ११ वटा उडान हुने गरेको छ। विमानस्थल मंगलबार विहानैबाट अवरुद्ध रहेको छ। काठमाडौंबाट विहान ८ बजे, ११ बजे र १२:५५ बजे बुद्ध एयरले भरतपुरका लागि उडान भर्ने तालीका भए पनि अवरुद्ध भएको छ। यस्तै, बिहान साढे ९ बजे र दिउँसो १ बजे यति एयरले उडान भर्ने तालिका पनि प्रभावित भएको विमानस्थलले जनाएको छ।

यस्तै, पोखराबाट ९:४५ बजे यति र १०:५० बजे बुद्ध एयरले चितवन उडान गर्ने तालिका प्रभावित भएको छ। कुनै पनि उडान तथा अवतरण हुन नसक्दा सयौँ हवाई यात्रु प्रभावित भएका छन्। 

नेपालगञ्जबाट काठमाडौं हिँडेको माउनटेन एयरको हेलिकोप्टर भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको सूचना अधिकारी विकले बताए। उनका अनुसार काठमाडौंको मौसम खराब भएकाले नेपालगञ्जबाट उडेको हेलिकोप्टर बीच बाटैमा अवतरण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.