|
फाइल फोटो

सोलुखुम्बु : मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एकजना पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय मूलका ३३ वर्षीय गोविन्द लखमान रहेका छन्। करिब चार हजार २०० मिटरको उचाइमा लेक लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

यस्तै, लेक लागेरै बिरामी भइ अलपत्र परेका ७ विदेशी र एक नेपालीसहित ८ जनाको भने उद्धार गरिएको छ। उनीहरूलाई कैलाश र डाइनेष्टि एअरका हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। केही दिनयता लगातार परेको वर्षाले पर्यटकलाई भ्रमणमा समस्या भएको छ। निरन्तरको वर्षात र बाक्लो हुस्सकुका कारण खुम्बु क्षेत्र भ्रमणका आएका सयौ पर्यटक लुक्लामा आएर बसेका छन्।

केही पर्यटक करिब डेढ घण्टा पैदल यात्रापछि सुर्के आएर हेलिकोप्टरमार्फत काठमाडौं जाने कोशिस गरे पनि सहज पुग्न सकेनन्। मंगलबार बिहान चौरीखर्क र सुर्केबाट करिब १० भन्दा बढी हेलिकोप्टरमार्फत काठमाडौं गएका विदेशीसहित केही नेपाली यात्रु पाँचखाल, रामेछाप र काभ्रेको विभिन्न खेतबारीमा समेत बस्न बध्य भएका छन्। शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा खुम्बु क्षेत्रको जनजीवन क्रमैसंग कष्टकर बन्दैएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.