|

जुम्ला : कर्णाली राजमार्गको जुम्ला जिल्लाको  सीमानामा पर्ने नाग्ममा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ।

सिँजाबाट जुम्ला तर्फ जाँदै गरेको  ना ३ ख ७ ६६४ नम्बरको  बसदुर्घटना हुदा सिजाँगाउँपालिका  १ का ३१ वर्षीय  नन्दबहादुर शाहीको मृत्यु भएको हो। दुर्घटनामा परि ५ जना घाइते भएका छन्। 

घाइते हुनेमा अछाम जिल्ला डकारी गाउँपालिका–६ का डिल्ली भुल ,चन्दननाथ नगपालिका ९ का छाया उपाध्याय, छाया नाथनगरपालिका मुगुका जन्मती रावत ,सोही  ठाउकै लालदेवी रावत र चन्दननाथ नगरपवालिकाका गर्भकन्या उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। 

घाइतेहरूको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए। उनका अनुसार  मृर्तकका आफन्तले शव शव बुझमानेका छ्रैनन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.