|

मंगलबारबाट सुरु भएको च्याम्पियन्स लिगमा शिर्ष क्लब अप्रत्यासित प्रदर्शनको सिकार भएका छन्। स्पेनिस जाइन्ट बार्सिलोना बौरिसिया डर्टमुन्डसँग गोलरहित बराबरीमा रोकिंदा साबिक च्याम्पियन लिभरपुल भने नापोलीसँग २–० ले पराजित भएको छ। नापोलीको घरेलु मैदानमा लिभरपुल अन्तिम ८ मिनेटमा दुई गोल खान पुग्दा च्याम्पियन्स लिगको पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ।

समुह इ अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे। ८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। लोरेन्टीले ईन्जुुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे। गोलरक्ष्ँक एन्ड्रियनले सुरुवात दुई मुख्य प्रहारको बचाउ गर्दै लिभरपुलको सुरुवाती उद्वार गरेका थिए। तर उनकोपनि अन्तीम समयमा केहि चलेन्।  सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमा पराजित भएको हो।

डर्टमुन्डको पेनल्टी मिस

मंगलबार राति भएको समुह एफको अर्को खेलमा बार्सिलोना हारबाट बालबाल बचेको छ। घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भयो। मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो।

बार्सिलोनाले १६ वर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो। मेसी भने सब्सटिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। तर उनले कुनै जादु देखाउन सकेनन्। बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान रचे। १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने।

चेल्सीपनि पराजित

त्यस्तै अर्को इंग्लिस क्लब चेल्सीपनि पराजित भएको छ। रोस बार्कली पेनाल्टी चुकाउँदा चेल्सी भ्यालेन्सियासँग १–० ले हार्यो। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासंग १–० ले हारेपछि अब उसको अवे खेलमा  जित निकाल्नु पर्ने भएको छ। समुह एचको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जिताउन रोड्रिगोले ७४ औ मिनेटमा गोल गरेका थिए। फ्राङ्क लाम्पार्डलाई पहिलो खेलमानै झट्का लागेको छ। प्रशिक्षकको रुपमा च्याम्पियन्स लिग पहिलो खेलमा मैदान उत्रिएका उनलाई अघिल्लो चरण कठिन बन्ने देखिएको छ। खेलाडीको रुपमा सन् २०१२ मा च्याम्पियन्स लिग जितेका। खेल सकिन चार मिनेट बाँकी हुँदा पेनल्टीको मौका चेल्सीले पाएको थियो। तर र्बाकर असफल हुँदा घरेलु दर्शक निरास बने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.