|

संखुवासभा : धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ। 

खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ , सदीक्ष श्रेष्ठ, दुई मिहने बालक समीर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन्।

जिपले दुई जना बिरामी बोकेको थियो। बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरानस्थ्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो।

दुर्घटनामा बेपत्ताहरुकाे खोजी कार्य जारी रहेको डिएसपी लामाले जानकारी दिए। त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण खोजी कार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.