|

रसुवा: रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा आएको छ।चीन संगको अन्तराष्ट्रिय नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा झरेको पहिरो हटाउने काम शनिवार बिहान देखि शुरु गरिएको थियो।

सडक खण्डको मैलुङबेसी देखि छोक्कल सम्मको सडक खण्डमा रहेको अवरोधलाई हटाई आजबाट सडक सञ्चालनमा ल्याईएको रसुवाबाट प्रतिनिधि सभाका सासंद मोहन आचार्यले बताए।  सडकको अबरोध हटाई सडक संञ्चालनमा ल्याउन संधिय सासंद मोहन आचार्य, प्रदेश सभा सदस्य प्रेम तामाङ, प्रभात  तामाङ गोसाईकुण्ड गाँउपालिक, उत्तरगया गाउँपालिका,नेपाली सेना,नेपाल प्रहरी,स्थानीय प्रशासन र सडक डिभिजन कार्यालय प्रत्यक्ष रुपमा फिल्डमा खटेका थिए।

चार दिनदेखि आयात तथा निर्यात ठप्प भए पछि मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा ल्याउन जनप्रतिनिधिहरु आफै सकृय भएका थिए। राम्चे–धुन्चे सडक खण्ड सञ्चालनमा ल्याउन समय लाग्ने देखिए पछि तत्कालका लागि मैलुङ तर्फको सडक सञ्चालनमा ल्याउने काम भएको सासंद आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.