|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको लागि पाँच व्यक्तिलाई छनोट गरेका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा नयाँ सुरक्षा सल्लाहकारको नियुक्त गर्न लागेका बताएका हुन्।

विदेश मन्त्रालयका अधिकारी रोबर्ट ओ ब्रायन, पूर्वसुरक्षा सल्लाहकार रिक वाड्डेल, उपराष्ट्रपतिका सुरक्षा सल्लाहकार कीथ केल्लोग, उर्जा मन्त्रलायका परमाणु सुरक्षा सचिव लीसा गोरडन र बौल्टनका पूर्व मुख्य सहायक फ्रेड फल्टिजका नाम पेश गरेका छन्।

ट्रम्पका सुरक्षा सल्लाहकार जोन बोल्टनको मंगलबार कार्यकाल सकिएको थियो। गएको हप्ता ट्रम्पले उनलाई पदबाट बर्खास्त गरेका थिए। 'बोल्टन प्रशासनका धेरै मानिसहरु उनीसँग असहमत थिए, त्यसैले जानेर उनले पदबाट राजीनामा दिएका हुन् ' उनले भने।

ट्रम्पले गत साता आगामी साता नयाँ सुरक्षा सल्लाहकार घोषणा गर्ने बताएका थिए। सुरक्षा सल्लाहकार पदको लागि १५ जना ले इच्छा गरेको उनले बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.