|

काठमाडौं : निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनिक भएको छ।

रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैँदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन्।  पारिवारिक जीवनको आरोहअबरोह प्रस्तुत गरिने ‘कुल खानदान’ मा नीर शाह,सपना श्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा, विशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली,संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन्। 

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन्। रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन्। टेलिसिरियल भए तापनि ‘कुल खानदान’ लाई फिल्मी भव्यता दिइएको निर्देशक बस्नेतको दावि छ।

झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुल खानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन्। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.