|

पाँचथर : झापाको विर्ता युनाइटेड क्लब पाँचथरको फिदिममा जारी ८ औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो।

झापाको लागि विकेश लिम्बुले २ तथा देवेन्द्र तामाङ, योगेश गुरुङ, बुद्ध चेम्जोङ र कर्ण लिम्वूले १/१ गोल गरे। अब झापाले कर्णसिं सोनाम स्मृति क्लब ताप्लेजुङ र एलेभेन एरोज दुहवी सुनसरीबीचको खेलबाट बिजेता टोलीसँग पुस २४ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.