|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । 

बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्‍न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए। 'कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन', नेता श्रेष्ठले भने', 'यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ।'

नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने पनि बताएका छन्। 'कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्'0, उनले भने', 'हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुरालाई जनतामाझ लगेर प्रष्ट पार्न सक्नुपर्छ।'

नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताए। उनले पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए। एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी श्रेष्ठले गरेका छन्। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.