|

पोखरा : देशका झण्डै ६० जिल्लामा डेंगुको संक्रमण भएको छ। डेंगुको बारेमा फैलिएको अपबाहले झन् त्रास फैलिएको छ। गण्डकी प्रदेशको राजधानी कास्की सहित केही जिल्ला पनि डेंगुको जोखिममा छन्। अहिलेसम्म गण्डकी प्रदेशभर १५०० हाराहारी डेंगुको संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सरकारले डेंगुको नियन्त्रणको लागि स्वास्थ्यकर्मीहरु गाउँ–गाउँ पुगेका छन्। यसरी डेंगु रोग फैलिदै गर्दा यसको नियन्त्रणमा खटिएका कर्मचारीहरुले भने लपारवाही गरेको गुनासो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनताहरुले गरेका छन्।

प्रदेश सरकारले सञ्चालन गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा पोखराका गोविन्द रिजालले गुनासो गर्दै दिनदिनै फैलिरहेको रोग नियन्त्रणका लागि आएको अनुगमन टोलीले आफ्नो घरमा गरेको व्यवहारको बारेमा गुनासो गरेका थिए। उनले गत शनिबार आफ्नो घरमा आएको टोलीले बाल्टीको पानी खन्याएको तर न्यूनीकरण र बच्ने उपायबारे केही सल्लाह सुझाव नै नदिएको बताए।

केही नसिकाएको गुनासो

‘तपाईको घरमा लार्भा भेटियो भन्दै बाल्टीको पानी खन्याए,’ उनले भने ‘तर न्यूनीकरण र यसबाट बच्ने उपायको बारेमा केही नभनी गए।’ पोखरा महानगरपालिकाको वडा न. १७ घारीपाटनमा खटिएको टोलीले गत शनिबार यस्तो व्यवहार गरेको रिजालको भनाई थियो। उनले प्रदेशले रोग नियन्त्रणका लागि छुट्याएको बजेटका प्रभावकारी कार्यन्वयन नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षणसमेत गराए।

जवाफमा मुख्यमन्त्री गुरुङले डेंगु रोग विरुद्ध प्रदेश सरकार गम्भीर रहेको बतााए। उनले सम्वन्धित मन्त्री र सचिवलाई डेंगु विरुद्धको काम थप प्रभावकारी बनाउन २ दिनअघि मात्र निर्देशन दिएको जानकारी गराउदै पोखरामा उपत्यका थप कार्यक्रम आउने बताए।

पोखराका प्रत्येक टोल विकास सस्था र विभिन्न आमा समूह तथा क्लबहरुलाई पनि डेंगुविरुद्ध परिचालन गर्ने योजनामा प्रदेश सरकार रहेको बताए। प्रदेश सरकारले यसअघि नै डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैया प्रदेश स्वास्थ्य निर्देशालयलाई उपलब्ध गराइसकेको छ। सोहीअनुसार हाल मनाङ, मुस्ताङ र कास्की बाहेकको जिल्ला टोली परिचालन गरिएको छ।

कास्कीमा भने निर्देशालयले माइकिङ गर्ने र वडा वडामा टोली खटाएर खोज र नष्ट गर अभियान चलाइरहेको बताएको छ। तर डेंगु रोगबाट संक्रमण हुनेको सख्या घट्नुको सट्टा बढ्न थालेपछि यसको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ।

गाउँपालिकाले कर उठाउन सकेन

मंगलबारै कार्यक्रममा तनहुँ देवघाटका शिव अधिकारीले गुनासो गर्दै गाउँपालिकाले कर संकलन गर्न नसकेको विषयमा गुनासो गरे। देवघाट गाउपालिकाले व्यापारमा लगाएको कर व्यापारीले नतिरेको र गाउपालिकाले यसमा चासो नदेखाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा मुख्यमन्त्री गुरुङले आफुले गाउपालिका अध्यक्ष दुर्गा बहादुर थापासंग यसबारेमा जानकारी लिने र राजश्व उठाउने कामलाई कमी हुन नदिने बताए।

यसैगरि स्याङजा भीरकोटबाट मोहोन गुरुङले ५० लाख सम्मको विकास योजना उपभोक्ता समितिमार्फत गराउने नियम संसोधन नगर्न सुझाव दिए। जवाफमा मुख्यमन्त्रीले नियम संशोधन नगर्ने तर प्रभावकारी अनुगमनको तयारी सरकारले गरिरहेको बताएका थिए।

मंगलबार अन्य गुनासोकर्ताले तनहुँको व्यास सडक खण्ड मर्मत, रुपाताल जग्गामा लालपुर्जा नभएकाहरुको मुआब्जा विषयमा समास्या रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.