|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन्। 

पार्टी संसदीय दलका नेतासमेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिनसांसदहरुलाई सभापति देउवाले निर्देशन दिएको पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राखेर अघि बढ्न दिएका छैनन्। 

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने कांग्रेसको फरक मत छ । 

सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत पनि गराएका छन्। बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.