|
फाइल फोटो

कञ्चनपुर : बसले ठक्कर दिँदा कञ्चनपुरमा बुधबार एकजनाको मृत्यु भएको छ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरिया बजारनजिक बुधबार ना५ख २०७३ नम्बरको बस र से७प ५३२६ नम्बरको मोटरसाइकल आपसमा टक्कर खाँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका १० का २६ वर्षीय रञ्जित रानाको मृत्यु भएको हो।

मोटरसाइल सवार १५ वर्षीया रञ्जेश्वरी राना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक प्रेमसिंह ऐरले बताए। उनका अनुसार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि रञ्जेश्वरीलाई भारततर्फ लगिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

बस र बसका चालक दाङका जिल्ला शान्ति नगरपालिका ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रदेशिक अस्पताल धनगढीमा लगिएको छ। मोटरसाइकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.