|

म्याग्दी : जिल्लाका तत्कालीन बाईसे र चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन्। दुई सय वर्षअघि तत्कालीन बाईसे र चौबीसे राज्यले निर्माण गरेका मन्दिर, देवल, कुवा, दरबारलगायतका अवशेष नै लोप हुन लागेका हुन्।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट, धौलागिरि गाउँपालिकाको ताकमकोट,ढोलठान,रघुगंगा गाउँपालिकाको राखु भगवतिमा  रहेका २ सय वर्ष पुराना कोत, ढुंगेधारा, पर्खालहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका स्थानीयले बताएका छन्। उचित संरक्षणको अभावमा पुरातात्विक सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बेनपा २ का स्थानीय रणवहादुर कार्कीले बताए।

दुई सय वर्षअघि ज्यामरुककोटे राजा भर्तिवम मल्लले आफ्नो राज्यको सरक्षाका लागि ज्यामरुककोट स्थित कोत दरवारको पर्खाल अहिले भताभुङ्ग अवस्थामा पुगेको छ। त्यसैगरी तत्कालिन अवस्थामा दरवारमा पानी ल्याउनका लागि भर्तिवम मल्लले नै बनाउन लगाएको सात्लेपानीको राजकुवा पनि संरक्षणका अभावमा अलपत्र परेको स्थानीयले बताएका छन्।

तत्कालिन अवस्थामा पर्वत राज्य अन्तर्गत पर्ने म्याग्दीमा विभिन्न राजाहरुले निर्माण गरेका पुराना भौतिक संरचना पनि लोप हुने अवस्थामा छन्। बाईसे र चौविसे राजाहरुले निर्माण गरेका भौतिक संरचना प्रशस्त भए पनि सरोकारवालाहरुले संरक्षणमा कुनै चासो दिन नसकेका स्थानीयले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.