रेल कर्मचारीले ७८ दिन बराबरको भत्ता पाउने

|

भारतीय रेलको ११ लाख ५२ हजार कर्मचारीले ७८ दिन बराबरको भता पाउने भएका छन्। बुधबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको मन्त्री प्रकाश जावडेकरले जानकारी दिएका छन्। रेल कर्मचारीलाई भत्ता दिदा भारतीय २० अर्ब रुपैयाँ खर्च हुने उनले बताए।

कर्मचारीको मनोबल र कार्यक्षमता बढाउनको लागि भत्ताको व्यवस्था गरिएको उनको भनाइ छ। विगत ६ वर्ष देखि रेलका कर्मचारीलाई बोनस दिइरहेको उनले बताए।

यसैगरी, ई सिगरेटको बिक्री, वितरण, विज्ञापनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ वित्त मन्त्री निर्मला सीतारमणले बताए। उनका अनुसार भारतमा ४ सय ब्राण्ड १५० फ्लेवरमा उत्पादन भइरहेको छ। युवा र किशोरलाई कुलतबाट बचाउनको लागि सरकारले यस्तो निर्णय गरेको उनको धारणा छ। भारतमा ई सिगरेटको बिक्रीमा कमी आइरहेको छ। विस्तारै विस्तारै इ-सिगरेटको लत बढीरहेको थियो। 

यसअघि अमेरिकी राष्ट्रपतिले पनि अमेरिकामा इ-सिग्रेटले स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.