|
राष्ट्रियसभा बैठकमा मन्त्रीद्वय खतिवडा र यादव

काठमाडौं : संघीय संसद राष्ट्रियसभाले तीन विधेयक सर्वसम्मतिले पारित गरेको छ।

राष्ट्रियसभाको बुधबारको बैठकले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

तीनवटै विधेकलाई पारित गर्नुपूर्व बैठकमा दफावार छलफल भई छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.