|
प्रतीकात्मक फोटो

काठमाडौं : संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापा धरौटीमा लिहा भएका छन्। उनलाई अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

निर्माण व्यवसायीलाई फोनमा धम्काएर रकम उठाउने संगठित गिरोहसँग प्रत्यक्ष सम्पर्क देखिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो। थापालाई जिल्ला अदालत काठमाडौंले प्रमाणको अभावमा रू १ लाख धरौटी लिई रिहा गरेर मुद्दा चलाउने आदेश गरेको हो। प्रतिवादी अन्य ५ जना पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र बिनोद लामाका हकमा थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश भएको छ।

दुई वर्षअघि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका थियो। गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। बस्नेतसँग मिलेर फिरौतीको संकलन गरेको आरोपमा उनीसहितको समूहलाई पक्राउ गरे पनि प्रमाण अभिवमा थापालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.