|
फाइल फोटो

डडेल्धुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका– १ तोलीका ४० वर्षीय ‘आलोक’ भनिने खेमबहादुर बोहरा रहेका छन्। पक्राउ परेका बोहरा ‘विप्लव’ समूहका आलिताल गाउँपालिका इञ्चार्ज तथा जिल्ला सदस्य हुन्।

मंगबालर प्रहरीको टोलीले उनलाई जिल्ला सदरमुकामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार पक्राउ परेका बोहोरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।

उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा आवश्यक कानूनी कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। पक्राउ परेका बोहरा यसअघि ‘विप्लव’ समूहले घटाएका विभिन्न घटनामा संलग्न भएको तथा चन्दा असुली गर्ने कार्यमा समेत संलग्न भएको भन्ने बुझिएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.