खेलकुद

काँकरभिट्टा गोल्डकप : आयोजकलाई हराउँदै एपीएफ फाइनलमा
SHARES

पुस २१, २०७३

    झापा : काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र घरेलु टोली झापा–११ बीच भिडन्त हुनेछ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराएको हो। 

    खेलको ४२ औँ मिनेटमा काँकरभिट्टाका तर्फबाट निशान्त लिम्बुले पहिलो गोल गरेका थिए।  त्यसको २ मिनेट बित्न नपाउँदै एपीएफका रमेश दङ्गालले बराबरी गोल फर्काए। निर्धारत समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो। 

    एपीएफका गोलरक्षक राजु योगी, मिलन केसी, नविन लामा, प्रविन स्याङताङ र सुदिप शिखाकरको प्रहार गोलमा परिणत भयो। आयोजकका तर्फबाट सञ्जय राजवहाक, जीवन गुरुङ, सेमसुङ र आदित्य कार्कीको प्रहार मात्र गोलमा परिणत भयो। निशान्त लिम्बूको प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाए।

    राजु खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उपाधि जित्ने टोलीले नगद ४ लाख १ हजार रुपैयाँ तथा उपविजेता टोलीले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]