|

हेटौडा : डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ। पोखराको सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले फाइनलमा स्थान बनाएको हो। 
फरेष्टी खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा मनाङबाट अफ्रिकी खेलाडी अफिज ओलाबालेले पहिलो हाफको ८ औं मिनेटमा निर्णायक गोल गरेका थिए।उनले द्रोण थापाको फ्रिकिको सदुपयोग गर्दै गोल गरेका हुन्। 

गोल्डकप अन्तर्गत भोली हुने दोस्रो सेमिफाइनलमा नेपाली आर्मी र विजय युथ क्लब हेटौडाबीच प्रतिस्पर्धा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.