|

काठमाडौ :  सिंगापुरमा आयोजना हुने तीन देशबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन्। बिहिबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। 

१५ सदस्यीय टिममा कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास बोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन्।

नियमित उप कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन्। यसैगरी शरद भेषावकर र वसन्त रेग्मीलाई विश्राम दिइएको छ। टिममा इशान पाण्डे र कुशल मल्ल भने पहिलो पटक टिममा पर्न सफल भएका छन्। 

यसै सिरिजलाई मध्यनजर गरेर नेपालले भारतीय प्रशिक्षक वुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ। सिंगापुर क्रिकेटको आयोजनामा हुने टी–ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ। सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन्।

नेपालले पहिलो खेल २७ सेप्टेम्बरमा जिम्वाबेसँग खेल्नेछ।  यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ। यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.