सरकारले दियो २५ करोड रुपैयाँ

|

काठमाडौं : निर्वाचन आयोगले देशका ५१ ठाउँमा उपनिर्वाचनको तयारी तीव्र पारिएको जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार उपस्थित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको तयारी अघि बढिसकेको बताए। 

‘उपनिर्वाचन ५१ ठाउँमा हुने । परिचयपत्र बनाउने काम सकिएको छ । ५१ ठाउँमा करिब १७ हजार मतदाता थपिएका छन्’, उनले भने, ‘सरकारबाट २५ करोड बजेट आएको छ । दल दर्ताको काम पनि सकिएको छ । भदौ मसान्तसम्म २१ ले दर्ता गराएका छन्।’

थपलियाले २०७४ को निर्वाचनमा मौजदात सामाग्रीबाटै उपनिर्वाचन गराउने पनि जानकारी दिए । ‘अब मतपत्र छपाइ सुरु हुन्छ। मतदाता शिक्षा पनि चलिरहेको छ’, उनले भने, ‘मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति र परिचालन कात्तिक ५ भित्र सक्ने योजनमा छौँ। यसबारे प्रधानन्यायाधीश छलफल भइसकेको छ।’

थपलियका अनुसार प्रदेश र प्रतिनिधिसभाका लागि कात्तिक २१ देखि २५ समम्म मनोनयन दर्ता गराउने मिति तोकिएको छ। त्यसैगरी स्थानीय तहका लागि कात्तिक २७ देखि मंसिर १ गतेसम्म मनोनयनको समय तोकिएको छ। 

यो पटक निर्वाचन प्रचारको समय छोट्याइएको छ। यसले उम्मेदवारको निर्वाचन खर्च पनि कम हुने विश्वास आयोगले गरेको छ। ‘प्रतिनिधि र प्रदेश सभाका लागि १६ दिन प्रचारको समय तोकिएको छ’, उनले भने, ‘स्थानीय तहका लािग १० दिन प्रचारको समय तोकेका छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.