राजनीति

राहदानी विधेयक प्रतिनिधीसभाबाट पारित
SHARES

असोज २, २०७६

    काठमाडौं : राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

    भदौं ३१ गते राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई प्रतिनिधीसभाले आज सर्वसम्मतीले पारित गरेको हो।  राहदानी विध्यकका बारेमा सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएपछि उक्त विधेयक सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा निणर्यार्थ पेश गरेका थिए। 

    राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक २०७५ माथि विधायन व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरी पारित गरेको थियो।  राष्ट्रपति विद्याभण्डारीले  फिर्ता आएको विधेयक भने विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी राष्ट्रिय सभाले पारित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]