|
फाइल फोटो

बाजुरा : बाजुराकोे जगन्नाथ गाउँपालिका वडा नम्बरका ३ को मोहतीस्थित वडा कार्यालयमा आगजनी गरिएको छ ।   

बुधबार  राति करिब ११ः ३० बजेतिर अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको जगन्नाथ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए । 

स्थानीय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको वडा कार्यालयका झ्याल ढोका तोडफोड गरेर भित्रबाट कागजपत्रहरु बाहिर निकालेर जलाएको अध्यक्ष शाहीले बताए। ‘गाउँमा मेला लागिरहको थियो’, उनले भने, ‘गाउँका सबैजना मेला हेर्न गएको मौकामा आगजनी गरिएको भेटियो।’

आगजनी गर्ने समूहको पहिचान हुन नसकेको बताइएको छ। आगजनीबाट वडाका सबै कागजत्र जलेका छन्। कार्यालयमा रहेका कम्प्युटरसहतिका सामान पनि नष्ट गरिएको छ। 

घटनाको अनुसन्धान गर्न अस्थायी प्रहरी पोष्ट जुड्डीबाट प्रहरी गएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । घटना भएको स्थानमा टेलिफोन सेवा नहुँदा सुरक्षा निकाय र अन्य ठाउँमा तत्कालै खबर गर्न नसकिएको वडाध्यक्ष शाहीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.