|

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नयाँरोडमा ठूला खाडल भएको महिनौं बितेको छ। सम्बन्धित निकायले कालोपत्रे गर्न चासो नदेखाएपछि स्थानीयले विरोधस्वरुप बिहीबार चक्काजाम गरेका छन्।

 २४ घण्टा ब्यस्त रहने हरिवन नगरपालिकाको नयाँरोडमा करिब डेढ सय मिटर कालोपत्रे सडक अहिले ठूला खाडलमा परिणत भएको छ । 

‘सुख्खा समयमा धुलो र पानी परेको बेला हिलाम्य राजमार्गमा तीव्र गतिमा दौडिएका मोटरसाइकल खाडलमा फसेर दुर्घटनामा परिरहेका छन्’, स्थानीय युवा सन्तोष भुजेलले आक्रोस ब्यक्त गर्दै भने,  ‘साना सवारी दुर्घटनामा पर्ने गरेकाले चक्काजाम गर्नु परेको हो।’ 

विहीबार बिहान पहिलो दिन आधा घण्टा चक्काजाम गरिएको छ । सडक मर्मत नहुञ्जेल दैनिक आधा घण्टाको दरले बढाउँदै जाने स्थानीयले चेतावनी दिए । 

गत असार अन्तिम साताको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका साना खाल्डा मर्मत गरिए पनि ठुला ठूला खाडलसहितको नयाँरोड चोकक्षेत्र भने मर्मत गरिएको छैन। सडकको दुरावस्था देखेर यात्रुलेसमेत चक्काजाममा साथ दिएका स्थानीयले बताए।

खाल्डाखुल्डीका कारण रातको समयमा सवारी साधन बढी दुर्घटनाको जोखिममा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

‘तत्कालका लागि ग्राभेल लगाएर खाडल पुरिएको छ’, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले भने, ‘कालोपत्रेका लागि टेण्डर निकालिएको छ। केही समयमै कालोपत्रे गर्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.