|

सिरहा : सिरहाको दक्षिणवर्ती बरियारपट्टीबाट धान बोकेर धनगढीमाईको जिरोमाइलतिर आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक पल्टिएको छ।

इलाका प्रहरी कर्यालय सुखीपुरका प्रहरी नायब निरीक्षक राघव थापाका अनुसार बिहीबार बिहान धान बोकेर जिरोमाइलतिर आउँदै गरेको बीआर २१० जी ९१३ नम्रबको ट्रक सुखीपुर नगरपालिका ८ स्थित बाबुराम खोला नजिकै पल्टिएको हो। दुर्घटनामा भारत बिहार राज्य बिडया बस्ने १७ वर्षीय सहचालक विक्रम चौधरी घाइते भएको प्रहरी नायव निरीक्षक थापाले बताए।

उनका अनुसार घाइते भएका चौधरीको सुखीपुरस्थित इलाका स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। धान बोकेको ट्रक पानीले गलेको बलौटे माटोमा फँसेपछि निकाल्न खोज्दा असन्तुलित भई पल्टिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.