|

भारतले पाकिस्तानसहित १२ देशका लागि नेपाल-भारत सीमामा सडक मार्ग गरेको छ। भारतीय आप्रवासन कार्यालयले बुधबार सीमा सडकखण्ड बन्द गराएको जानकारी दिएको हो।

पाकिस्तानी नागरिकलाई प्रवेशाज्ञा लिएर मात्र भारत आउन अनुमति दिने गरेको छ। यसैगरी, पाकिस्तानी नागरिकलाई नेपाल सरकारले समेत प्रवेशाज्ञा अनुमति पत्र दिनलाई रोकिसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

नेपाल-भारत सीमामार्गबाट पाकिस्तानी नागरिकालाई आवतजावत गर्न कुनै पनि अनुमति नदिने सुनौलीस्थित आप्रवासन कार्यलयका अधिकृतले बताएका छन्। पाकिस्तानी नागरिकलाई नेपाल जानको लागि प्रवेशाज्ञा भिसा नदिएको आप्रवासन कार्यालय जनाएको हिन्दुस्तान टाइम्स पत्रिकामा उल्लेख गरिएको छ।

भारत सरकारको यो निर्णयबाट नेपालको बाटो हुँदै जाने पाकिस्तानी नागरिकलाई असर पर्ने भएको छ। १२ देशबाहेक अन्य देशका नागरिकले सहज रूपमा आवतजावत गर्न पाउने हिन्दुस्तान टाइम्सले जनाएको छ।

अफगानिस्तान, इथियोपिया, क्यामरुन, घाना, इराक, लाइबेरिया, निगेरिया, जिम्बाबे, सोमालिया, प्यालेस्टाइन, सिरिया र स्वाजीलैण्ड लगायतका देशलाई प्रतिबन्ध लगाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.