|
नेपाली राष्ट्रिय फुटबल टिम

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ  स्थानमा उक्लिएको हो। यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो।

दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ।

त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बंगलादेश १८७औँ स्थानमा छ। श्रीलंका २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ। विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ।

त्यसैगरी इंगल्यान्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.